धनगढीका केही स्थानमा तीन दिन विद्युत सेवा अवरुद्ध हुने
धनगढी उपमहानगरपालिकाका केही स्थानमा तीन दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ।
सहिद गेटदेखि क्याम्पस चोकसम्म सडक विस्तार भइरहेकाले बुधबारदेखि शुक्रवारसम्म विहान ८ बजेबाट दिउँसो १२ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ।
बेला फिडर र मनहेरा फिडरबाट सञ्चालित विद्युत लाइन आंशिक रुपले अवरुद्ध हुने विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ।
११ जेठ २०७९, बुधवार १२:४९ बजे प्रकाशित












