कैलालीमा विजय जुलसमा लगिएको गाडी पल्टियो

कैलालीमा वडाध्यक्षको विजयी जुलुसमा लगिएको गाडी पल्टिएको छ। जिल्लाको गोदावरी नगरपालिका–३ मा विजय जुलुसमा लगिएको गाडी पल्टिएको हो।

नेपाली कांग्रेसले निकालेको विजय जुलुसमा प्रयोग गरिएको गाडी पल्टिएको प्रहरीले बताएको छ। यस्तै दुर्घटनामा ७ जना कार्यकर्ता घाइते भएको बताइएको छ।

उनीहरुको पदमा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।


३ जेठ २०७९, मंगलवार १२:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु