सुदूरपश्चिममा अहिलेसम्म कांग्रेस, एमाले र माओवादीले जितेका यी हुन् स्थानीय तह
सुदूरपश्चिममा मत गणना सम्पन्न स्थानीय तहमा कांग्रेस र माओवादी ७ र६ ठाउँ र एमालेले ५ ठाउँ विजयी भएको छ। सोमबार बिहानसम्म एमालेले बझाङको थलारा, साइपाल, दार्चुलाको महाकाली, डोटीको जोरायल, बैतडी पञ्चेश्वरमा जितेको छ।
यस्तै, माओवादीले दार्चुलाको मार्मा, लेकम, नौगाड, अपीहिमाल, डडेल्धुराको आलिताल र डोटीकोे बोगटान फुड्सीलमा नेतृत्व लिएको छ। कांग्रेससँग गठबन्धन गरेर माओवादीले जितेको छ।
यस्तै, कांग्रेसले डडेल्धुरा गन्यापधुरा, नवदुर्गा, अछामको ढकारी, बाजुराको स्वामीकार्तिक खापर, डोटीको बडीकेदार र बैतडीको शिवनाथमा जित हात पारेको हो।
अछामको कमलबजार नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ। प्रदेशका ८८ स्थानीय तहमध्ये केही बाहेक अधिकांश स्थानीय तहमा मतगणना जारी छ। मत परिणाम आउने क्रम जारी छ।
२ जेठ २०७९, सोमवार १२:०७ बजे प्रकाशित












