लेखराज भट्टको गृह वडामा कांग्रेस प्यानलसहित विजयी

पूर्वमन्त्री लेखराज भट्टको गृह वडा कैलालीको गोदावरी १ मा कांग्रेसका गोपालदत्त भट्ट प्यानल सहित विजयी भएका छन् ।
कुल ४२८० मत खसेकोमा भट्ट १४७८ मतका साथ विजयी भएका हुन् । यस्तै नेकपा एमालेका शर्मानन्द भट्टले १३९१ मत प्राप्त गरेका छन् ।

कांग्रेसका भट्टसंग हार व्यहोरेका शर्मानन्द भट्ट गत चुनावमा माओवादीबाट वडाअध्यक्षमा बिजयी भएका थिए ।
एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजीत भएपछी उनी नेकपा एमालेतिर गएका थिए ।

 


१ जेठ २०७९, आइतवार २२:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु