दार्चुलाको मार्मा गाउँपालिकामा गठबन्धन विजयी

दार्चुलाको मार्मा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा जमन धामी र उपाध्यक्षमा शर्मिला सिंह विजयी भएकी छन् । त्यस्तै वडा नं १,२,३,र ४ मा गठबन्धन र  वडा नं ५ र ६ एमाले विजयी भएको छ ।

अध्यक्षमा निर्वाचित जमन धामीले ३८१३ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका देवसिंह महरले ३०८४ मत पाएका छन् ।

उपाध्यक्षमा निर्वाचित सर्मिला सिंहले ३२२३ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका राजु धामीले २८५३ मत पाएका छन् ।


१ जेठ २०७९, आइतवार २२:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु