कैलालीमा स्वतन्त्र उम्मेदवारको विजय सुरुवात
कैलालीको गोदावरी नगरपालिका११, मा स्वतन्त्र उम्मेदवार प्रेम सिंह बडैला वडा अध्यक्षमा विजयी भएका छन । उहाँले समाजवादीका शिव बहादुर विश्वकर्मालाई ५ सय १ मतले पराजित गर्दै जीत हात पारेका हुन् ।
स्वतन्त्र रूपमा वडा अध्यक्षका लागि उम्मेदवारी दिएका बडैलाले खरायो चुनाव चिन्ह बाट चुनाव लड्नु भएको थियो । विजयी अध्यक्ष बडैलाले एक हजार ७० मत प्राप्त गरेका थिए ।
१ जेठ २०७९, आइतवार १४:४४ बजे प्रकाशित












