punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुरक्षा निकायमा भर्ना हुँदा म्यादी प्रहरीलाई प्राथमिकता दिन गृहमन्त्रीको निर्देशन

Chaupati
safha napa
गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायमा भर्ना हुँदा म्यादी प्रहरीलाई प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।  गृह मन्त्रालयमा आज भर्चुअल माध्यमबाट भएको स्थानीय तह निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठीमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका  महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले मन्त्री खाँणले निर्देशन दिएका हुन् ।
‘स्थानीय निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू निर्वाचनमा सुरक्षा दिँदा नयाँभन्दा अनुभवी हुन्छन् र आगामी दिनमा सुरक्षा निकायले नयाँ भर्ना लिँदा मापदण्ड अनुरुप भएमा उनीहरूलाई प्राथमिकतामा राख्नुहोला’, खाँणले भने ।
निर्वाचन सुरक्षाको क्रममा देखिएका चुनौतीहरू उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरेर सामाना गर्न पनि मन्त्री खाणको निर्देशन छ ।  गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डेले निर्वाचनको सुरक्षा र निष्पक्षता सरकारको मुख्य लक्ष्य भएको बताए ।
उनले सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा समितिमा रहेका पदाधिकारीहरूलाई निर्वाचन सुरक्षा र निष्पक्षता कायम गराउनेगरी सुरक्षा प्रत्याभूति दिलाउन निर्देशन पनि दिए ।  सुरक्षा गोष्ठीमा प्रत्येक प्रदेशबाट एक÷एक जना प्रमुख जिल्ला अधिकारीले सुरक्षा स्थितिबारे प्रस्तुतीकरण दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले जानकारी दिए ।

१७ वैशाख २०७९, शनिवार १७:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु