कर्णाली नदीमा डुबेर बेपत्ता भएका एक बालकको शव फेला,अर्काको खोजी हुँदै

कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अछामका एक बालकको शव फेला परेको छ। जिल्लाको पन्चदेवल विनायक नगरपालिका-८ का गोपाल जैशीका ६ वर्षीय छोरा अभिषेकको शव फेला परेको हो ।

त्यस्तै, सोही ठाउँका रामप्रसाद जैशीका ११ वर्षीय छोरा विराजको खोजी भइरहेको छ। सोमबार दुबैजना नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। बेपत्ता विराजको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ।


६ वैशाख २०७९, मंगलवार ०८:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु