सेती नदीमा डुबेर एक पुरुषको मृत्यु

सेती नदीमा नुहाउन गएका पुरुषको डुबेर मृत्यु भएको छ। केआई सिंह गाउँपालिका–६ भिताडिका ६० वर्षीय राम ताम्राकारको मंगलबार बिहान डुबेर मृत्यु भएको हो ।

शिखर नगरपालिका–२ मा रहेको धार्मिक स्थल सालमुनीमा पुजा गर्न आएका उनको नुहाउने क्रममा नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिए।

नुहाउने क्रममा डुबेका ताम्राकारको करिब आधा घण्टापछि शव फेला परेको थियो ।


२९ चैत २०७८, मंगलवार १३:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु