उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले उत्कृष्ट कर्मचारी लाई नगदसहित सम्मान गरेको छ । मंगलवार एक कार्यक्रम आयोजना गर्दै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रबिण धितालले प्र.ह. खडक बहादुर ऐर र प्र.ज.हेमराज जोशीलाई सम्मान गरेका हुन् ।

No description available.

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया तथा मातहत समेतमा उत्कृष्ट कार्य सम्पादन गर्ने ट्राफिक प्रहरी कर्मचारीहरु मध्ये प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा कार्यरत  ऐर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत जोशीलाई २०७८ साल माघ र फागुन महिनाको ट्राफिक पुलिस आफ द मन्थ अवार्ड र नगद पुरस्कार प्रदान गरिएको छ ।

 


२३ चैत २०७८, बुधवार ०८:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु