नवलपरासीमा डुबेर एकजनाको मृत्यु

नवलपरासीमा डुबेर एक महिलाको मृत्यु भएको छ।  मध्यबिन्दु नगरपालिका २ नन्दपुरस्थित नारायणी नदीमा डुबेर सोही नगरपालिका शिविर टोल बस्ने ४५ वर्षीया फुलमाया बोटेको मृत्यु भएको हो ।

सोमबार बिहान बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


२१ चैत २०७८, सोमवार २१:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु