स्थानीय तहको निर्वाचनमा जुट्न कार्यकर्तालाई अध्यक्ष नेपालको आग्रह

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजित सभामा अध्यक्ष नेपालले पार्टी नेतृत्वको ध्यान पनि निर्वाचनमा केन्द्रित भएको बताए । ‘वडा हुँदै टोल टोलमा कमिटी बनाउन ढिलाइ नगर्नुस्’, उनले भने, ‘जनताको घरदैलोमा गएर प्रचारप्रसार गरेर कलम चिह्नमा भोट माग्नुहोस् ।’

गठबन्धनमा सहभागी पार्टीहरुबीच निर्वाचनमा एकताबद्ध भएर जाने विषयमा वार्ता भइरहेको अध्यक्ष नेपालले उल्लेख गरे। ‘संविधान बचाउन र गणतन्त्र बचाउन चाहने पार्टी एक ठाउँमा उभिनेछन्’, उनले भने ।

क्रान्तिकारी सोच बोकेर विद्रोहको झण्डा बुलन्द गरी अगाडि बढेको उल्लेख गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनबाट ७५३ पालिकामा करिब ३२ हजार जनप्रतिनिधि निर्वाचित हुने जानकारी दिए ।

 


२१ चैत २०७८, सोमवार ०८:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु