उपाधि लागि पीएनजीसँग प्रतिस्पर्धा गर्दै नेपाल

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि भिडन्त आज हुँदैछ। उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दैछन्।

फाइनलमा पीएनजीलाई हराए नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो उपाधि जित्नेछ। त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले अहिलेसम्म हारेको छैन।

नेपालले मलेसिया र पीएनजीविरुद्ध खेलेको चारै खेल जितेको थियो। टी–२० शृंखलामा नेपालले राम्रो प्रदर्शन गरेको दर्शकहरूको प्रतिक्रिया छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे खेल शुरु हुनेछ।


२१ चैत २०७८, सोमवार ०८:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु