महिला हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले जलवायु परिवर्तन र कोरोना महामारीका कारण विश्वमा महिलामाथि विभिन्न प्रकारका हिंसा बढेको बताएका छन्।

राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासङ्घ (डब्लुएनएफ) र ‘एभ्री बुमन’ नामक संस्थाद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘दक्षिण एसियाली महिला सम्मेलन’ को उद्घाटन गर्दै उनले महामारीको समयमा अधिकांश महिला आफन्तबाटै घरेलु हिंसाको सिकार हुनुपरेको बताएका हुन्।

“विश्वव्यापी रुपमा पछिलो समय बढ्दै गएको महिला हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक छ”, उनले भने, “हालको अवस्थामा समाजमा महिलाहरुले शोषण र हिंसा भोग्नु दुःखद् विषय हो।” उपराष्ट्रपति पुनले नेपालको संविधानले सुनिश्चित गरेको महिला तथा बालबालिका सम्बन्धी हकअधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।


१ चैत २०७८, मंगलवार १६:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु