सेती प्रयोशालामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४२ नमूनाको कोरोना परिक्षण गरिएकोमा थप तीन जनामा संक्रमण पुष्टि भएको हो ।
हाल अस्तालमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
३० फागुन २०७८, सोमवार १४:३८ बजे प्रकाशित












