कैलालीमा हाइस दुर्घटना हुँदा १२ जना घाइते

कैलालीमा हाइस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आइतबार साँझ पहाडबाट अत्तरिया तर्फ आउँदै गरेको हाइस बुढीतोलामा दुर्घटनामा परेको हो ।

बा २ छ ३२३३ नम्बरको हाईस दुर्घटना हुँदा घाइते भएका सबैलाई अहिले उपचारका लागि अत्तरिया स्थित पदमा अस्पतालमा ल्याइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


२९ फागुन २०७८, आइतवार २२:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु