बराबरीमा रोकियो बायर्न
जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको बायर्न म्युनिख होफेनहाइमसँग १/१ अन्तरको बराबरीमा रोकिएको छ ।
घरेलु टोलीका क्रिस्टोफ बउम्गार्थेरले गोल गर्दै ३२औं मिनेटमा होफेनहाइमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई १/१ गोलको बराबरीमा ल्याए ।
बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् । बराबरीसँगै बायर्नले २६ खेलमा ६० अंक जोडेर शीर्ष स्थानमा कायम छ । होफेनहाइम ४४ अंक साथ पाँचौं स्थानमा छ ।
२९ फागुन २०७८, आइतवार ०८:५२ बजे प्रकाशित












