तनहुँमा करेन्ट लागेर वडासदस्यको मृत्यु
तनहुँमा करेन्ट लागेर आज वडासदस्यको मृत्यु भएको छ । नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडासदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको करेन्ट लागेर मृत्यु भएको हो ।
छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने सिलसिलामा अचानक करेन्ट लाग्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् । तरकारी बारीमा सिँचाइ गर्नका लागि खोलाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा नेपालीको मृत्यु भएको हो ।
२० फागुन २०७८, शुक्रवार १५:३५ बजे प्रकाशित































