कैलालीमा १५० किलो अवैध माछाका भुराहरु बरामद गरी नष्ट
कैलालीमा १५० किलो अवैध माछाका भुराहरु बरामद गरी नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटीएको प्रहरी टोलीले माछाका भुरा बरामद गरी नष्ट गरेको हो ।
जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानीस्थित पूर्वश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २०२–०३–००१–च २४५ नम्बरको पिकअप जिपलाई चेकजाँच गर्दा १५० किलो मंगुर जातको माछाको भुरा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला सर्लाही ईश्वारपुर नगरपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय निर्मल कुमार सहनीले चलाएको जिपबाट उक्त माछा बरामद गरिएका हो । नेपालमा प्रतिबन्धित माछालाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

१८ फागुन २०७८, बुधवार २१:१५ बजे प्रकाशित













