मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको ट्रफी सार्वजनिक

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ । बिहीबार देखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले जनाएको छ ।

बिहीबारदेखि २८ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लवका अध्यक्ष सुरेश हमालले जानकारी दिए । यस्तै आयोजिक पत्रकार सम्मेलनमा ट्रफी पनि सार्वजनिक गरिएको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लवको आधिकारिक जर्सी पनि सार्वजनिक गरिएको छ ।

भोलि धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्धघाटन खेलमा मनाङ मर्स्याङ्दी क्लव र भारतको दिल्ली फुटबल क्लव भिड्ने सुदूरपश्चिम खप्तड गोल्डकपका प्रबक्ता ओम चन्दले जानकारी दिए ।

प्रतियोगितामा १० टिमको सहभागिता रहने उनले बताए। आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लव रहेका छन् ।

नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

No description available.

सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने छन् ।

 

 


१८ फागुन २०७८, बुधवार १९:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु