punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल–पाकिस्तान मैत्री टि–२० क्रिकेट प्रतियोगिता शुरु

Chaupati
safha napa

नेपाल–पाकिस्तान मैत्री टि–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रतियोगिता उद्घाटन बुधवार उद्घाटन गरेका हुन्। पाकिस्तानी राजदूतावासद्धारा अयोजित यो सातौं संस्करण प्रतियोगिता हो।

पाकिस्तानी राजदूतावासका अनुसार प्रतियोगिता नौ दिनसम्म चल्ने छ। प्रतियोगितामा १२ वटा क्रिकेट टोली सहभागी छ। यस्ता खेलकुद गतिविधिहरू आयोजना गर्ने प्रयासका लागि महानगरपालिकाका मेयर शाक्यले प्रशंसा गरे। उनले नेपाल र पाकिस्तानका युवालाई एकजुट बनाउन क्रिकेट र अन्य खेलकुद प्रतियागिताले सहयोग गर्ने बताए।

पाकिस्तानी राजदूत सैयद हैदर शाहले कोभिडको समयमा खेलकुदजन्य गतिविधिको महत्व बढेको बताए। नेपालमा क्रिकेटको बढ्दो लोकप्रियताले आईसीसीको सदस्यता प्राप्त गर्न धेरै टाढा नहुने पनि राजदूतको विश्वास थियो।


१८ फागुन २०७८, बुधवार १९:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु