कलेलको समर्थनपछि कांग्रेस कैलालीको सभापतिमा बमको सम्भावना बलियो

नेपाली कांग्रेस कैलालीको नेतृत्वमा प्रकाश बमको सम्भावना बलियो दोखिएको छ । पहिलो चरणको निर्वाचनमा तेस्रो स्थानमा रहेका डा शेखर कोइरालानिकट उम्मेदवार रामबहादुर कलेलले भने दोस्रो चरणमा बमलाई सर्मथन गर्ने भएपछि बमको सम्भावना बलियो भएको हो । कलेलले बुधबार पत्रकार सम्मेलनमार्फत आफूले बमलाई सभापतिमा सर्मथन गर्ने घोषणा गरेका छन् । यस्तै उनले आफ्ना मतदातालाइ अब सभापतिका उम्मेदवार प्रकाश बमलाइ मत दिन आग्रह समेत गरेका छन् ।

आइतबार भएको पहिलो चरणको निर्वाचनमा जम्मा दुई हजार ४८५ मत खसेको थियो । कांग्रेशको विधान अनुसार सभापतिमा जित्नका लागि एक हजार २४३ अर्थात ५० प्रतिशतभन्दा बढी मत अनिवार्य रुपमा ल्याउनु पर्ने थियो ।
पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार प्रकाश बमले एक हजार १६९ मत र निकटतम् प्रतिद्वन्द्वी नारायणदत्त भट्टले एक हजार ७२ मत प्राप्त गरे । सभापतिमा विजयी हुनका लागि एक हजार २४३ मत ल्याउनु पर्ने थियो ।

सभापतिका अर्का उम्मेदवार रामबहादुर कलेलले १९७ मत प्राप्त गरेका थिए । कम मत प्राप्त गरेका कलेल सभापति दौडबाट बाहिरिएपछि अब, बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ । कलेलले बमलाई समर्थन गरेपछि उनको जित्ने सम्भावना पनि बढी छ ।


१८ फागुन २०७८, बुधवार १८:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु