कैलालीमा १३ किलो चरेशसहित एक पुरुष पक्राउ
कैलालीमा १३ किलो चरेशसहित एकजना पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका ५ लिसबेलीका ७० वर्षीय बृद्ध पुरुष आइते जाग्री १३ किलो चरेशसहित पक्राउ परेका हुन्।
कैलाली प्रहरीका अनुसार बिहीवार उनको घरमा राखेको अवस्थामा चरेश फेला परेको हो। उनलाइ पक्राउ गरेर कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा पठाइएको प्रहरीले जनाएको छ।
१२ फागुन २०७८, बिहीवार १९:५२ बजे प्रकाशित































