प्राङ्क भिडिओ बनाउने एक युवक पक्राउ
प्राङ्क भिडियो बनाएर सर्वसाधारणलाई दु ख दिएको अभियोगमा प्राङ्कस्टर आकाश सेढाईं पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक नवीन्द्र अर्यालले जानकारी दिए । सरकारले गत १३ माघमा विज्ञप्तिमार्फत सार्वजनिकस्थलमा प्राङ्क भिडियो बनाउन बन्देज गरेको थियो ।
तर, सेढाईंले त्यसपछि पनि सार्वजनिकस्थलमा पटकपटक प्राङ्क भिडियो बनाएर अपलोड गरेपछि उनी पक्राउ परेका हुन् ।
४ फागुन २०७८, बुधवार १३:२३ बजे प्रकाशित













