आज संसदमा एमसीसी टेबल नगर्ने सहमति

अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा आज एमसीसी पेश नगर्ने सहमति भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार (विहीबार) भोलि ३ बजे गठबन्धनका नेताहरुको बैठक बस्ने सहमति भएको छ । एमसीसीबारे सो बैठकले थप निर्णय गर्ने बताइएको छ ।

 


४ फागुन २०७८, बुधवार १२:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु