punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चार देशबीचको टी-२० क्रिकेट सिरिजमा नेपालले आज आयरल्याण्डको सामना गर्दै

Chaupati
safha napa

ओमानमा जारी चार देशबीचको टी-२० क्रिकेट सिरिजमा नेपालले आज टेस्ट टोली आयरल्याण्डको सामना गर्दैछ ।

नेपाल र आयरल्याण्डबीचको खेल अपरान्ह ३ः४५ देखि अलअमरेत क्रिकेट स्टेडियममा सुरु हुनेछ ।जारी सिरिजमा दुवै टिमले एकरएक खेल जितेका छन् ।

नेपाल–आयरल्याण्डले युएईविरुद्ध भने हारको सामना गरे । पहिलो खेलमा यी दुवै टिमले घरेलु टोली ओमानविरुद्ध भने जित हासिल गरेका थिए । आइसिसी विश्वकप ग्लोबल छनोट खेल्नुअघि नेपाल–आयरल्याण्ड लयमा फर्कन चाहन्छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म नेपालले आयरल्याण्डलाई हराउन सकेको छैन । यी दुई टिमले अन्तिमपटक २०१९ मा टी–२० म्याच खेलेका थिए । उक्त खेलमा आयरल्याण्ड १३ रनले विजयी भएको थियो ।

आयरल्याण्डसँगको खेलपछि नेपालले चार दिनपछि विश्वकप छनोट खेल्नेछ । नेपालले सो प्रतियोगितामा पहिलो खेल १८ फेब्रुअरीमा ओमानको सामना गर्नेछ ।


२ फागुन २०७८, सोमवार ०८:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु