punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इण्डोनेशियाको समुद्री किनारमा ज्वारभाटाले बगाउँदा ११ जनाको ज्यान गयो

Chaupati
safha napa

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको दक्षिणी तटबाट आइतबार निस्केको ज्वारभाटाले बगाएर ११ जनाको मृत्यु भएको स्थानीय प्रकोप व्यवस्थापन अधिकारीले बताएका छन् । प्राप्त जानकारी अनुसार जेम्बर जिल्लाको पयाङ्गन समुद्री किनारमा परम्परागत अनुष्ठान सञ्चालन गरिरहेका २३ जनालाई सामुद्रिक ज्वारभाटाले बगाएको र उनीहरूमध्ये ११ जनाको मृत्यु भएको पूर्वी जाभास्थित प्रकोप व्यवस्थापन निकायका परिचालन एकाइ प्रमुख बुदी सान्तोसाले बताए । दुर्घटनामा परेका १२ जनालाई भने जीवितै उद्धार गरिएको बताइएको छ ।

प्रशासनले सामुद्रिक इलाकामा कुनै पनि क्रियाकलाप गर्न निषेध गरिएको भए पनि उनीहरू रातिको समय समुद्र किनारमा भेला भएर प्रार्थना गरिरहेका अधिकारीहरूले फोनमार्फत् सिन्ह्वालाई जानकारी गराए ।

दुर्घटना स्थानीय समय अनुसार आइतबार राति करिब साढे १२ बजे भएको बताइएको छ ।


१ फागुन २०७८, आइतवार २१:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु