punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डम्मर हत्या प्रकरण : दुईजना कारागार चलान

Chaupati
safha napa

बैतडीको सुर्नया गाउँपालिका– ६ का डम्मर अवस्थी हत्या आरोपमा पक्राउ परेका चारजनामध्ये दुईजना कारागार चलान भएका छन्।

बैतडी जिल्ला अदालतले पक्राउ परेका सुर्नया–६ कै हरिश अवस्थी र नवराज अवस्थीलाई पुर्पक्षका लागि आज कारागार चलान गरेको हो।

यसैगरी रमाकान्त अवस्थी र गोपाल अवस्थीलाई ५०‚ ५० हजार धरौटीमा रिहा गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

डम्बरको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। हरिश र नवराजले डम्बरको हत्यामा संलग्न रहेको स्वीकार गरेका थिए।

गत मंसिर १४ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जंगलमा पुस २८ गते गाडेको अवस्थामा फेला परेको थियो। हरिशले दिएको लोकेशनको आधारमा डम्बरको शव गाडेको अवस्थामा फेला परेको हो।

त्यसअघि हरिशले विप्लव कार्यकर्ताले अपहरण गरेको नाटक समेत गरेका थिए। मृतक डम्बर विप्लव कार्यकर्ता रहेका थिए।


२६ माघ २०७८, बुधवार १९:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु