punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरका पहाडमा हिमपातः राजमार्ग अवरुद्ध

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बिहीबार दिउँसो हिमपात शुरु भएको छ। बैतडीमा तेस्रोपटक हिमपात भएको हो। यसअघि माघ दोस्रो साता र गत पुसमा पनि हिमपात भएको थियो।

बैतडीको अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहीमाडौं, सिगास, मेलौलीलगायत क्षेत्रमा बिहीबार हिमपात भएको छ। यसका साथै डोटीको गैरा, डडेल्धुराको भीमदत्त राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ। बिहानैदेखि वर्षा भएको थियो भने दिउँसो हिउँ पर्न थालेको हो।

हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

उनले भने, ‘राजमार्गको ढोल्यामोड क्षेत्रमा बाक्लो हिमपात भएकाले राजमार्ग ठप्प भएको छ र खुलाउने प्रयास भइरहेको छ।’

हिमपातले यहाँको जनजीवन पनि प्रभावित भएको छ। हिमपातले चिसो बढाएकाले जनजीवन कष्टकर बनेको दशरथचन्द नगरपालिका-१ मुस्याचौरका महेश भट्टले बताए।

उनले भने, ‘वर्षासँगै हिउँ परिरहेको छ, साह्रै चिसो छ। बाहिर निस्कनै मुस्किल भएको छ।’

वर्षा र हिमपातले चिसो बढेपछि स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन्। चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले उनीहरूको ख्याल गर्न अनुरोध गरिएको छ।

वर्षासँगै हिमपात भएपछि किसान खुशी भएका छन्। हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भएकाले उनीहरू खुशी भएका हुन्।

सतबाँझ क्षेत्रको हिमपातले महाकाली र खोडपे, अनारखोली क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग पनि अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।


२० माघ २०७८, बिहीवार १८:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु