punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागे

Chaupati
safha napa

कोरोना भाइरस संक्रमणबीच भोजमा सहभागी भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका छन्। प्रधानमन्त्री जोन्सनले संसदमा उभिएर आफ्नो कमजोरी स्वीकार गर्दै माफी मागेका हुन्।

प्रधानमन्त्री जोनसनले छानबिन रिपोर्टमा उल्लेख भएका कुरा स्वीकार गरेको र संवेदनशीलतालाई आफूले बुझेको भए राम्रो हुने बताएको बिबीसीले जनाएको छ।

‘हामी सबैले आफूलाई ऐनामा हेर्नुपर्छ, तर यसको मतलब मेरा क्रियाकलाप सबै नियमभित्रै थिए भन्ने होइन,’ सम्बोधनका क्रममा प्रधानमन्त्री जोनसनले भनेका थिए।

यद्यपी प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिट र मन्त्रिपरिषद् भवन सञ्चालनको तरिका बदल्न लागेको भन्दै उनले यसले धेरै सुधार ल्याउने दाबी गरे। तर विपक्षी दलले भने प्रधानमन्त्रीले भोजभतेर गरेको विषय लाजमर्दो भएको भन्दै राजीनामा माग गरेका छन्।

संसदमा जोन्सनले माफी मागिरहँदा त्यहाँकी पूर्वप्रधानमन्त्री टेरिजा मेलगायतले उनको कडा आलोचना गरेका छन्।

बिबिसीका अनुसार पूर्वप्रधानमन्त्री मेले कोरोनाविरुद्ध लड्न आफू नेतृत्वको सरकारले लगाएको प्रतिबन्धबारे प्रधानमन्त्रीलाई थाहा थियो कि थिएनरु भनेर प्रश्नसमेत गरेकी थिइन्।

प्रधानमन्त्री जोन्सनले सर्वसाधारणलाई सतर्क रहन भनिरहँदा उनीसहित सरकारी अधिकारीहरु भने प्रधानमन्त्री कार्यालयमै भोजमा सहभागी भएपछि उनीहरूको सर्वत्र आलोचना भएको थियो।

सन् २०१९ को जुलाईमा बेलायतको प्रधानमन्त्री बनेका जोन्सन पछिल्लो समय विवादित बनेका छन्।एजेन्सी


१८ माघ २०७८, मंगलवार १०:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु