punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा आजदेखि स्मार्ट लकडाउन

Chaupati
safha napa

कोरोना महामारीको रोकथाम तथा नियन्त्रण गर्न बझाङमा स्मार्ट लकडाउन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सोमबार राति १२ बजेदेखि लागु हुनेगरी स्मार्ट लकडाउन गरेको हो।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय समिति (सिसिएमसी)‚ गृह मन्त्रालयको निर्देनशन र संक्रामक रोग ऐन २०२० को दफा–२ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा– ६ को उपदफा–३ ले दिएको अधिकार प्रयोग गरी स्मार्ट लकडाउन गरिएको हो।

स्मार्ट लकडाउनको अवधिमा नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, पटके हाट बजार र मानिसहरूको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरू माघ मसान्तसम्म बन्द रहेछन्। यस्तै‚ विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप पनि भौतिक उपस्थितिमा गर्न नपाइने सूचनामा जनाइएको छ। शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ।

विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षालगायतका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्नेबारे नेपाल सरकारको ३० पुसको आदेश बमोजिम गर्न प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। अन्य गतिविधिहरूका सम्बन्धमा २८ पुसको आदेश बमोजिम नै हुने जनाइएको छ।

 


१८ माघ २०७८, मंगलवार १०:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु