डडेल्धुराका एक युवक भारतको रेल्वे स्टेशनमा मृत फेला

डडेल्धुरा । डडेल्धुराका एक युवक भारतको कालुपुर रेल्वे स्टेशनमा मृत अवस्थामा फेला परेका छन् ।

अहमदाबाददेखि पन्जाब जान्छु भनेर चार दिनअघि हिँडेका अमरगढी नगरपालिका–९ का २५ वर्षीय सागर विक बुधबार रेल स्टेशनमा मृत फेला परेका हुन् ।

खोजी गर्ने क्रममा टाउकोमा चोट लागेको अवस्थामा उनको शव फेला परेको बताइएको छ । परिवारले उनको हत्या भएको आशंका गरेका छन् । घटनाबारे भारतीय प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।


२७ वैशाख २०८१, बिहीवार २०:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु