बाजुरामा सेवा लिन खोपकार्ड अनिवार्य

बाजुरा जिल्लाका धेरै सरकारी तथा वित्तिय कार्यालयहरुमा सेवा लिन जाँदा कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड लिएर मात्रै प्रवेश गर्न पाउने भएका छन्।

जिल्लाको बडिमालिका नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, सेन्चुरी बैकं लगायतका कार्यालयहरूले सो निणर्य गरेको जनाएको छ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुले कोभिड १९ विरुद्धको खोप कार्ड अनिवार्य लिएर आएको सेवाग्राहीलाई मात्रै सेवादिने सार्वजनिक सूचनामार्फत जानकारी गराएका छन्।

’घरेलु तथा साना उद्योग कार्यालय बाजुराको अनुरोध कार्यालयमा सेवालिन वा अन्य कुनै कामले आउँदा स्वास्थ्य मापदण्ड अपनाएर मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्ने जस्ता स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने, कार्यालयमा सेवालिन खोप कार्ड(मोवाइलमा फोटो भएपनि हुने) साथमा ल्याएर आउने जनाएका छन्।

कार्यालयमा सेवा लिन वा अन्य कुनै कामले आउँदा अनिवार्य रुपमा नागरिकता वा नागरिकताको फोटोकपी पनि साथमा ल्याएर आउन भनिएको छ।

बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले खोप कार्ड र नागरिकता अनिवार्य भन्दापनि स्वास्थ्य मापदण्ड अनिवार्य पालन गराउन सबै कार्यालयहरुलाई निर्देशन दिएको बताए।


१० माघ २०७८, सोमवार १८:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु