सुनचाँदीको मूल्य स्थिर

आज सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्य कायम हुँदै आज सुन प्रतितोला ९३ हजार ५०० र चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा नै कारोबार भइरहेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज गत आइतबार कै मूल्य कायम हुँदै प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


१० माघ २०७८, सोमवार १२:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु