ट्रकसंग हायस ठोक्किँदा १६ जना घाइते

कैलालीमा ट्रकसंग हायस ठोक्किँदा १६ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अत्तरियाबाट धनगढीतर्फ गइरहेको सु.प.प्र ०२ ००१ ख ११६६ नम्बरको हायस चलिरहेको ना ४ ख १९१५ नम्बरको ट्रकसंग पछाडि ठोक्किएको हो ।

ट्रकसंग हायस ठोक्किँदा हायसमा सवार १६ जना घाइते भएका हुन् ।दुर्घटनामा घाइते १६ जना मध्ये १४ जना सामान्य रहेको र हायसका चालक र एक जना महिलालाई मध्यम चोट लागेको प्रहरीले जनाएको छ ।

उनका अनुसार दुर्घटनामा हायस चालक गौरीगंगा नगरपालिका–९ बस्ने ३५ वर्षीय धर्मराज जोशी, धनगढीकी अम्रिता चन्द, दिपिका जोशी, विमला जोशी, कञ्चनपुर भीमदत्त नगरपालिका–१९ की शारदा भट्ट, गोविन्द भट्ट, शुक्लाफाँटा नगरपालिकाका मणी जोशी, रमेश जोशी र पुष्पा भट्ट घाइते भएका छन्।

यस्तै भारतको लखनउ बस्ने चन्द्री रावत, महेन्द्र रावत, अविजित रावत, रुपन हरिजंग, किशोर हरिजंग, प्रेम कुँवर र रजनी हरिजंग पनि घाइते भएका छन्।प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले दिएको जानकारी अनुसार घाइतेमध्ये चालक जोशी र धनगढीकी विमला जोशीको अवस्था मध्यम रहेको र बाँकीको सामान्य छ।

घाइतेहरुमध्ये केहीको धनगढीस्थित माया मेट्रो हस्पिटल र केहीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक नियन्त्रणमा रहेको तथा ट्रक चालक फरार रहेकाले खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।


१० माघ २०७८, सोमवार १२:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु