Alok

बालुवा निकाल्ने क्रममा दुई मजदुरको मृत्यु, गुपचुपमै दाहसंस्कार

बैतडीको डिलाशैनी गाउँपालिका-२ मा नहर निर्माणका लागि बालुवा निकाल्ने क्रममा दुई महिला मजदुरको मृत्यु भएको छ । गत शुक्रबार खानीबाट बालुवा निकाल्ने क्रममा च्यापिएर ३६ वर्षीया तारा लुहार र ३८ वर्षीया महना लुहारको मृत्यु भएको हो ।

उनीहरुका नातेदार रमेश लुहारका अनुसार, अमर बोहराको अध्यक्षतामा रहेको उपभोक्ता समितिको निर्माणाधीन नहरका लागि बालुवा निकाल्ने क्रममा घटना भएको हो ।घटनापछि प्रशसनलाई जानकारी गराई शवको पोष्टमाटर्म गर्नुपर्ने भएपनि त्यसो हुन नदिन घटनालाई गुपचुप राखिएको छ ।

यस्तो घटनामा पोष्टमाटम गर्ने र अनुसन्धान गर्ने क्रम हुने गर्दथ्यो । घटना कसरी घट्यो रु कसरी मृत्यु हुन पुग्यो भन्ने अनुसन्धाननै नगरी गुपचुप शबको दाहसस्कार गरिएको छ ।तर, घटना भने लामो समयसम्म गुपचुप राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाका अनुसार चार दिन अघिको घटनाबारे प्रहरीलाई जानकारी दिइएको छैन ।घटना गत शुक्रबार भए पनि सामाजिक सञ्जालमा विवरण आएपछि मात्र स्थानीय जनप्रतिनिधिले जानकारी पाएका हुन् ।

डिलाशैनी गाउँपालिकाका प्रवक्ता अक्कल बहादुर रानाले पालिकाबाट दुवै मृतकका परिवारलाई राहत प्रदान गरिने बताए । मृतकको आश्रित परिवारको आर्थिक अवस्था निकै दयनीय रहेकाले राहतका लागि सामाजिक सञ्जाल मार्फत आग्रह गरिएको छ । मृतक महनाका श्रीमान, तीन छोरा, एक छोरी र एक बुहारी छन् भने, ताराका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।


१० माघ २०७८, सोमवार १०:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु