सुदूरपश्चिममा थप ३ सय ८७ जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा ३ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनाको कोरोना परिक्षण गर्दा ३८७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन बिधिबाट १ हजार २८६ नमूनाको कोरोना जाँच गर्दा ३३४ र पीसीआर बिधिबाट ८३ नमूनाको कोरोना जाँच गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ५३ हजार ८८९ पुगेको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ४० जनाले कोरोना जितेका छ । यो संगै कोरोना जित्नेको संख्या ३८ हजार ४०८ पुगेको छ ।

No photo description available.


९ माघ २०७८, आइतवार २०:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु