punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लगातारको बाक्लो हुस्सुले पश्चिम तराईको जनजीवन कष्टकर

Chaupati
safha napa

तराईका जिल्लामा केही दिनयता बाक्लो हुस्सु, कुहिरो लागेको छ । यसले गर्दा चिसो बढेको छ ।केही दिनदेखिको बाक्लो हुस्सु, कुहिरोका कारण विशेषगरी पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ ।न्यूनतम तापक्रम खासै नघटे पनि अधिकतम तापक्रम लगातार घट्दो छ । नेपालगञ्ज, धनगढीलगायतका क्षेत्रमा अधिकतम तापक्रम घटिरहेको छ ।

नेपालगञ्जको अधिकतम तापक्रम १३ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । यस्तै धनगढीको अधिकतम तापक्रम पनि १४ दशमलव ५ डिग्री सेल्सियसले घटेको छ । आज पनि घाम लाग्ने सम्भावना नरहेकाले अझै अधिकतम तापक्रम घट्ने अनुमान छ ।

चिसो बढ्दा दैनिक ज्याला गरी गुजारा चलाउने मजदुर सबैभन्दा धेरै समस्यामा परेका छन् । चिसो छल्न सार्वजनिक ठाउँ तथा चोकचोकमा आगो बालेर ताप्न थालिएको छ ।यस्तै, देशका अन्य ठाउँमा पनि हुस्सु, कुहिरो लागेको छ ।

काठमाण्डौ उपत्यकासहित धेरै जिल्लाका घाम लाग्ने मौसमविद् शान्ति कँडेलले बताए ।उनकाअनुसार आज पनि धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लाका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ।


३ माघ २०७८, सोमवार ०९:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु