punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप १८४ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा थप एक सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।एन्टिजेन र पीसीआर विधिबाट एक हजार चार सय ८७ जनाकोे परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार आइतबार संक्रमण पुष्टि भएकामध्ये एक सय ७२ जना भारतबाट घर फर्किएका छन् भने बाँकी प्रदेशका विभिन्न जिल्लाका छन् । आइतबार थपिएका समेत गरेर सुदूरपश्चिममा संक्रमितको संख्या ५० हजार छ सय ४७ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ का ५२ वर्षीय पुुरुषको संक्रमणबाट मृत्यु भएको जनाएको छ । उनी कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसिरहेका थिए ।


२ माघ २०७८, आइतवार १८:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु