प्रतिनिधि सभा बैठक दुई हप्ता पर सर्याे
प्रतिनिधि सभाको बैठक दुई हप्ता पर सरेको छ।भोलि (सोमबार) का लागि बोलाइएको बैठक अब माघ १६ गते बस्ने संसद सचिवालयले जनाएको छ।
बढ्दो कोरोना संक्रमणका कारण बैठक दुई हप्तापछि बोलाइएको संसद सचिवालयद्वारा आज जारी सूचनामा जनाइएको छ।
यसअघि पुस २३ गते बोलाइएको बैठक विभिन्न कारणबस स्थागित हुँदै आएको थियो।
२ माघ २०७८, आइतवार १४:५० बजे प्रकाशित






























