punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडी जिल्ला प्रशासनद्वारा आलोपालो सेवा

Chaupati
safha napa

जिल्ला प्रशासन कार्यालय बैतडीले यहाँका पालिका अनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ।कोभिडको पछिल्लो स्वरूप ओमिक्रोनको संक्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपालो सेवा दिने भएको हो।

माघ ७ गतेदेखि लागू हुने गरी यहाँ पालिकाका नागरिकलाई बार अनुसार सेवा दिइने जिल्ला प्रशासन कार्यालय सूचना अधिकारी अधिकृत खगेन्द्र भारतीले बताए।आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ।

यस्तै मंगलबार दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका बासिन्दालाई सेवा दिइनेछ भने बुधबार सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ।बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका बासिन्दालाई सेवा दिइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालय हाटबाटै नागरिकता प्रदान हुनेछ।प्रशासनमा सेवा दिन आउँदा पूर्ण खोप लगाएको कार्ड वा कार्डको फोटो खिचेर ल्याउनुपर्ने र जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने जनाइएको छ।

यस्तै कोरोनाको जोखिम बढ्दै गएकाले २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन प्रशासनले सूचनामार्फत आग्रह गरेको छ।यस्तै जनस्वास्थ्यका मापदण्ड परिपालना गर्न समेत प्रशासनले सबैमा आग्रह गरेको छ।

यस्तै स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरेर १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई एक हप्ताभित्र खोप लगाइसक्नुपर्ने र त्यसका लागि कार्यतालिका बनाएर कार्यान्वयन गर्नुपर्ने प्रशासनले जनाएको छ।

जिल्लामा पछिल्लो समय कोभिड संक्रमण बढ्दै गएपछि भिडभाड कम गरी स्वास्थ्य मापदण्ड अपनाएर आलोपालो सेवा दिन जिप्रकाले जिल्लास्थित सबै कार्यालयलाई निर्देशन दिएको छ।भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म संक्रमणका कारण १९ जनाको ज्यान गइसकेको छ।

 


२ माघ २०७८, आइतवार १४:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु