साताको पहिलो दिन कति छ आज सुनचाँदीकाे मूल्य ?

नेपाली बजारमा आज साताकाे पहिलाे दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतिताेला ९१ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ । शुक्रबार पनि साेही मूल्यमा काराेबार भएकाे थियाे ।

तेजाबी सुनको मूल्य तोलाको ९१ हजार १०० रुपैयाँ ताेकिएकाे छ ।

चाँदीको मूल्य पनि शुक्रबारकै कायम गरिएकाे छ । शुक्रबार चाँदी प्रति ताेला एक हजार २३५ रुपैयाँमा काराेबार भएकाे थियाे ।


२५ पुस २०७८, आइतवार १२:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु