एमाले डडेल्धुराको नेतृत्वका लागि ओझा र साउँद चुनावी मैदानमा

नेकपा एमाले डडेल्धुराको नेतृत्वका लागि आकांक्षीबीच सहमति नजुटेपछि चुनाव हुने भएको छ। नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन हुँदैछ ।

शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको थियो। तर सहमति नभएपछि वर्तमान अध्यक्ष प्रकाश साउँद र अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा (विपिन)ले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै उपाध्यक्षमा केशव बोहरा, धनबहादुर धामी (विवेक) र रूपसिंह ठकुराठीको उम्मेदवारी परेको छ। जिल्ला सचिवका लागि करन ताम्राकार र गजेन्द्र शाहीबीच प्रतिस्पर्धा हुने भएको छ।


२५ पुस २०७८, आइतवार ११:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु