Hotel Flora Long Ad

भारतमा एकैदिन डेढ लाख बढी कोरोना संक्रमित थपिए, मृत्युुदर पनि बढ्यो

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै संक्रमित बढ्न थालेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जना नयाँ संक्रमित थपिएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, उक्त अवधिमा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् भने ३२७ जनाको मृत्यु भएको छ ।

त्यस्तै, आइतबारसम्म कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ३ हजार ६२३ पुगेको छ । हालसम्म २७ राज्यमा यो भेरियन्ट फैलिइसकेको छ ।

महाराष्ट्रमा ओमिक्रोनका संक्रमित सबैभन्दा धेरै छन् । त्यहाँ यो भेरियन्तका संक्रमितको संख्या १ हजार ९ पुगेको छ । दोस्रो स्थानमा रहेको दिल्लीमा ५१३ जनामा हालसम्म ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

हाल भारतमा संक्रिय संक्रमितको संख्या ५ लाख ९० हजार ६११ रहेको छ । संक्रमितको संख्या एक्कासि बढ्‍न थालेपछि भारतका कैयौं राज्यमा कडाइ गरिएको छ । दिल्ली र कर्नाटकमा हप्तामा २ दिन (शनिबार र आइतबार) कर्फ्यू लागू गरिएको छ भने आजदेखि तमिलनाडुमा आइतबार पूर्ण कर्फ्यू लगाइएको छ ।


२५ पुस २०७८, आइतवार १२:३४ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु