एमाले कैलालीको नेतृत्व छान्न सकस, सहमति नजुटेपछि निर्वाचन हुँदै

कैलालीमा नेकपा एमालेको जिल्ला अध्यक्षसहित पदाधिकारीमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । जिल्लामा अध्यक्षका लागि वर्तमान जिल्ला अध्यक्ष रतन थापासहित तीन जनाको दाबेदारी छ ।

जिल्ला अध्यक्षका लागि वर्तमान थापासहित रणबहादुर चन्द र डेजी पाण्डेको दाबी छ । तीन जना आकांक्षीबीच सहमति नजुटेपछि निर्वाचन प्रक्रियामा जानुपरेको अध्यक्ष थापाले बताए ।

निर्र्वाचन समितिले कार्यतालिकासमेत सार्वजनिक गरेको छ । तालिका अनुसार शनिबार दिउँसो ३ बजेदेखि ३०ः३० सम्म नामावली प्रकाशन, ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

यस्तै, साँझ ७ः३० देखि ८ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, आइतबार बिहान ८ः३० बजेदेखि १ः३० बजेसम्म मतदान र दिउँसो ३ बजेदेखि मतगणना हुने कार्यतालिका रहेको प्रमुख निर्वाचन अधिकृत चक्रराज तिमिल्सेनाले बताए ।

एमाले कैलालीको अध्यक्षसहित पदाधिकारी सहमतिमै टुंगो लगाउने प्रयास गरिएपनि सफल हुन सकेन ।


२४ पुस २०७८, शनिवार १६:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु