हिमपातले बन्द भीमदत्त राजमार्ग डोजरले हिउँ पन्छाएपछि खुल्यो

हिमपातका कारण हिजो बिहानदेखि बन्द भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग खुलेको छ ।

सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

भीमदत्त राजमार्गको गैरा, साहुँखर्क र हगेल्टे लेकमा परेको बाक्लो हिमपातका कारण यातायात सेवा प्रभावित भएको थियो । गाडी र यात्रु बीच बाटोमै अलपत्र परेका थिए ।

राजमार्ग खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका घण्टेश्वर प्रहरी चौकी गैराले जनाएको छ ।


१५ पुस २०७८, बिहीवार ०७:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु