एभीसी भलिबल विजेता खेलाडीलाई जनही पाँच लाख दिने सरकारको घोषणा
एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ।
बुधबार बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो। उपाधि विजेता १२ जना खेलाडीहरुलाई जनही ५र५ लाख दिने निर्णय गरेको हो।
यस्तै बैठकले २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेको छ।
ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो। नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।उपाधि विजेता नेपाली टिम आज स्वदेश फर्कने छ।
१५ पुस २०७८, बिहीवार ०७:४४ बजे प्रकाशित













