काँग्रेस महाधिवेशन : दोस्रो चरणको मतदान साढे ३ बजेदेखि

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै साढे ३ बजेदेखि सुरु हुने भएको छ ।

नेपाली काँग्रेस सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुनः दोस्रो चरणमा मतदान हुने भएको हो ।

पहिलो चरणमा सबैभन्दा बढी मत देउवाले ल्याएका शेरबहादुर देउवा र दोस्रो धेरै मत ल्याउन शेखरबीच भिडन्त हुनेछ । यसअघि सभापतिको रेसमा रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधिले र कल्याण गुरुङ बाहिरिएका छन् ।


२८ मंसिर २०७८, मंगलवार ११:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु