क्याम्पस हाता भित्र टिकटक बनाए मोबाइल जफत

कैलाली बहुमुखी क्याम्पसले क्याम्पस हाता भित्र ‘टिकटक’ बनाए कारबाही गर्ने सूचना जारी गरेको छ । क्याम्पस हाता भित्र क्याम्पस पोशाकमा विद्यार्थीलाई टिकटक बनाउन प्रतिबन्ध लगाइएको सूचना जारी गरिएको छ ।

टिकटक बनाउँदा पढाईमा असर पुगेको भन्दै क्याम्पस हाता भित्र टिकटक बनाउन प्रतिबन्ध लगाइएको क्याम्पसले जनाएको छ ।

विद्यार्थीले स्मार्ट मोबाइलको प्रयोग गर्दै लगातार टिकटक बनाउँदा बढाई प्रभावित भइरहेको गुनासो आएपछि क्याम्पसले यस्तो निर्णय गर्दै सूचना जारी गरेको हो । यदि क्याम्पस प्रशासनको निर्णय अटेर गरेमा आचारसंहिताअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।

यस्तै, कैलालीकै घोडाघोडी क्याम्पसले पनि आइतबारदेखि क्याम्पसमा टिकटक चलाउन र बनाउन नपाइने निर्णय गरेको छ । क्याम्पसले क्याम्पस हाता भित्र टिकटक बनाएको पाइएमा मोबाइल जफत गर्दै आचारसंहिताअनुसार कारबाही गरिने बताएको छ ।


२७ मंसिर २०७८, सोमवार १७:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु