punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आगामी जेठ ५ मा स्थानीय तहका सबै पदाधिकारीको पद रिक्त हुँदै

आवश्यक तयारी गराउन निर्वाचन आयोगको निर्देशन

Chaupati
safha napa

निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । बुधवार काठमाडौंमा निर्वाचन पर्यवेक्षण समितिले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तक्र्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उक्त जानकारी दिएका हुन् ।

७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको पनि प्रमुख आयुक्त थपलियाले बताए ।

अर्को प्रशंगमा माघ १२ गते राष्ट्रियसभाको चुनाव गर्न आयोगबाट तयारी भइरहेको तथा उपनिर्वाचनका लागि अहिले २२ स्थान रिक्त रहेकाले सरकारले मिति तोके उपनिर्वाचन गराउन आयोग तयार रहेको पनि थपलियाको भनाइ थियो ।

त्यस्तै आगामी जेठको ५ गते स्थानीय तहका सबै पदाधिकारीहरूको पद रिक्त हुने भएकोले त्यस अगावै स्थानीय तहको निर्वाचन गराउन आयोगबाट आवश्यक तयारी प्रारम्भ भएको पनि बताइयो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको बेलामा उम्मेदवारले हरेक साता आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बनाएको र त्यसका लागि स्थानीय तहको निर्वाचनमा ७५३ ठाउँमा, प्रदेशको निर्वाचनमा ३३० ठाउँमा, प्रतिनिधिसभाको निर्वाचन हुँदा १६५ ठाउँमा अनुगमन समितिको व्यवस्था गरिएको पनि जानकारी दिए ।

प्रमुख आयुक्त थपलियाले दलहरु आफैँ व्यवस्थित हुनुपर्ने, नियमित हुनुपर्ने र आफैँ सुशासन कायम राख्नुपर्ने भन्दै बलियो कानून बनाएर मात्रै अहिलेको अवस्थामा धेरै राम्रा काम गर्न सकिन्छ भन्ने स्थिति नरहेको प्रस्ट्याए ।


१५ मंसिर २०७८, बुधवार २०:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु